मकवानपुर प्रहरीद्वारा १ सय केजी गाँजासहित ३ जना पक्राऊ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले मालबाहक ट्रकबाट १ सय केजी लागू औषधसहित ३ जनालाई पक्राऊ गरेको छ । मकवानपुरको हेटौंडा–१, त्रिभुवन राजपथ सडकखण्डबाट ना २ ख ९८६२ नं. को ट्रकबाट चेकजाँचको क्रममा हुटमा फल्स बटम बनाई लुकाई ल्याएको १७ वटा पोकामा रहेको लागूऔषध गाँजा १ सय केजी (१ क्विन्टल) फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषध गाँजासहित ट्रक चालक काभ्रे, महाभारत–५ का ४९ बर्षीय आईतेबहादुर ठाडामगर, गाँजा ओसारपसारमा संलग्न मकवानपुर भीमफेदी–९ का ४१ बर्षीय राजकुमार तामाङ र मकवानपुर कैलाश–१० का ३६ बर्षीयसुविन रुम्बा पक्राऊ गरेको जनाएको छ । पक्राऊ परेका उ(पर लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाही प्रकृया अघि बढाईएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् । ।










