थाहानगरमा हुरिबतासले लाखौंको बाली नष्ट

हेटौडा न्युज
१५ जेष्ठ २०७८, शनिबार ०९:१९
;

मकवानपुर । हिजो शुक्रबार दिनभर परेको पानीसंगै आएको हुरिबतासले थाहा नगरपालिका वडा नम्बर १० बिसिङ्खेलमा कृषकहरुको टनेल भत्काउँदा लाखौंको क्षति भएको छ ।

हुरिबतासले बिसिङ्खेलमा मात्रै एक सय भन्दा बढि फलाम र बासबाट बनाएको टनेल भत्काएर पूर्ण रुपमा क्षति पुगेको कृषक उद्धब लामिछानेले बताएका छन् । उनको १५ ओटा टनेल भत्काउदा काउली, बन्दा, गोलभेडा लगायतको बालीमा क्षति पुगेको छ ।

तेस्तै थाहा नगरको बज्रबाराहीमा पनि हावाहुरिले टनेलको प्लास्टिक उडाउँदा टनेलमा लगाईएको तरकारी बाली र टनेलमा नोक्सान भएको छ । हिजोको हावाहुरीले नगरपालिकाका विभिन्न वडामा लाखौं रकमको बालीनाली नष्ट भएको जनाईएको छ ।

सञ्चारकर्मी राजकुमार केसी, पालुङको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*