कोभिड रेस्पोन्स कार्यदलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
मकवानपुर । हेटौंडा वडा नम्बर ६ र १७ मा रहेको कोभिड रेस्पोन्स कार्यदलको आयोजनामा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।
हेटौंडामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै कार्यदलले हेटौंडा स्वास्थ्य चौकी चौघडामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा २७ जनाले रक्तदान गरेको कार्यदल सदस्य तथा रक्तदान कार्यक्रम संयोजक पवन दुलालले जानकारी दिएका छन् ।
हेटौंडा–६ का वडाध्यक्ष संयोजक रहेको कोभिड रेस्पोन्स कार्यदलले हेटौंडा–६ र १७ सहित आसपासका वडामा कोभिड संक्रमितलाई पौष्टिक आहार वितरण तथा परामर्श कार्यक्रम समेत गर्दै आएको छ । रेस्पोन्स कोरोना महामारीका बीच पनि कार्यदलको कार्य प्रति स्थानीयबासीले प्रशंसा गरेका छन् ।










