मञ्चको पहलमा शिवशक्ति ग्रुपले १ सय बोरा चामल दियो

हेटौडा न्युज
२० जेष्ठ २०७८, बिहीबार १४:००
;

मकवानपुर । विपन्न परिवारका लागि राहत प्रदान गर्नका लागि शिवशक्ति ग्रुप जीतपुरले हेटौंडा उपमहानगरपालिकालाई खाद्यान्न उपलब्ध गराएको छ । उपभोक्ता हित संरक्षण मञ्चको पहलमा सो ग्रुपले प्रति बोरा २५ केजी तौलको १ सय बोरा चामल, खाने तेल १ सय लिटर, मसुरो दाल १ सय केजी उपलब्ध गराएको छ । करीब १ लाख ७५ हजार रुपैया बराबरको ती खाद्य सामग्रीलाई उपमहानगरपालिकाकी उपमेयर मीना लामाबाट निषेधाज्ञाको कारण रोजगारबाट बञ्चित परिवारलाई हस्तान्तरण समेत गरिएको छ ।

खाद्यान्न सामग्री हस्तारण कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका बागमती प्रदेश अध्यक्ष बासुदेव खतिवडा, शिवशक्ति ग्रुपका बजार व्यवस्थापक भारतभुषण सिंह, मनिकान्त गुप्ता, व्यवसायी पवन अग्रवाल, सो ग्रुपको मकवानपुरका अधिकृत विक्रेता उत्सव सप्लायर्स र बैष्णो खाद्य भण्डारका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । जिल्लामा निषेधाज्ञापछि दैनिक ज्यालादारी गरी गुजारा गर्नेहरु समस्यामा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*