विश्व वातावरण दिवसमा बृक्षारोपण र हातधुने धारा जडान

हेटौडा न्युज
२२ जेष्ठ २०७८, शनिबार १६:२९
;

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा हेटौडा उपमहानगरपालिका वडा नं. ६ र १७ मा बृक्षारोपण तथा हात धुने धारा जडान गरिएको छ । कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल हेटौडा ६ र १७ को आयोजनामा सात स्थानमा हात धुने धारा राखिएको कार्यदलका संयोजक ६ नं. वडा अध्यक्ष अजुन प्रसाद चौलागाईले बताएका छन् ।

कार्यदलले हटौडा १७ को सालकपार्क, गैरीगाउको बृद्धाआश्रम तथा हेटौडा ६ को चुच्चेखोला, चौघडा, न्युरेनी, पुतलीबजार र हात्तीलेटमा गरी सात स्थानमा ट्याङ्की सहित धारा राखिएको हो । यसै अवसरमा हेटौडा ६ मा सरसफाई तथा बृक्षारोपण पनि गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*