कन्टेनरमा ल्याएको १ सय ४३ केजी गाँजासहित ३ जना पक्राऊ

हेटौडा न्युज
३ असार २०७८, बिहीबार १२:१८
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज बिहान लागूऔषध गाँजासहित ३ जनालाई पक्राऊ गरेको मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजासहित ३ जनालाई पक्राऊ गरेको छ ।

प्रहरीले मनहरीतर्फबाट हेटौडा तिर आईरहेको ना.१ ख ९९१० नं. को कन्टेनर गाडीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा १ सय ४३ केजी ३ सय ग्राम फेला पारेको जनाएको छ । पूर्वपश्चिम राजमार्गको हेटौंडा–११ थानाभर्याङमा चालकको सिट पछाडी सो लागूऔषध फेला पारेको हो ।
कन्टेनरमा लागूऔषध फेला परेपछि गाडी चालक सिन्धुपाल्चोक बार्हबिसे–५ का सनकबहादुर तामाङ, सह–चालक सोमे तामाङ र राक्सिराङ–१ का सविन तामाङलाई कन्टेनर ट्रकसहित नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*