प्रजिअ मार्फत मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्ञापन पत्र बुझाएको छ ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८ ÷०७९ को बजेट बक्तब्यमा प्रदेश सरकारले आफैले संचारगृह संञ्चालन गर्न दश करोड विनियोजन गरेपछि पत्रकार महासंघ मकवानपुरले असन्तुष्टी जनाएको थियो । नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने मनसायले प्रदेश सरकारले संञ्चारगृह संचालन गर्न बजेटको ब्यबस्था गरेको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रदेश सरकारले आफ्नै संञ्चारगृह संञ्चालन गर्ने निर्णय फिर्ता लिनुपर्ने माग गरीएको छ ।










