आजबाट मकवानपुरमा अधिकांश व्यवसाय सञ्चालनमा
मकवानपुर। कारोना भाईरस संङक्रमणका कारण मकवानपुरमा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दे खुकुलो बनाएपछि आजबाट मकवानपुरका अधिकांश व्यवसायहरु सञ्चालनमा आएका छन् ।
खाद्यान्न , माछामासु तथा तरकारी पसलहरु बिहान ४ बजेदेखी १० बजेसम्म संञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ । यसैगरी प्रशासनले पुस्तक तथा इस्टेस्नरी इलेक्ट्रोनिक, इलेक्ट्रीक,हाडैवेयर, भाँडा, कपडा,टेलर, जुत्तापसल, सबारीसाधन वर्कसप, मोटर पार्टस दिउँस १२ बजेबाट ४ बजेसम्म दैनिक संचालन गर्न अनुमति दिएको छ । प्रशासनले रेष्टुरेन्ट तथा मिठाई खाजाघरबाट टेक वे, होम डेलिभरी दिउँस १२ बजेबाट ४ बजेसम्म,बैंक तथा वित्तिय संस्था बिहान १० देखि २ बजेसम्म तर घरदैलो सेवा बन्द,अन्य सेवाहरु समपूर्ण प्रकारका शैक्षिक सस्था (स्कुल, टिउसन इन्सिच्युट, मन्टेस्वरी) सबै बन्द रहने,सपिङ मल, फिल्म हल, फुटसल, जिमहाउस, समुहमा खेलिने खेलकुद, स्ट्रिड फुड हाउस,चिडियाखाना, शैलुन, स्पा, ब्युटि पार्लर, पार्टी प्यालेस, फिल्म हल, डानस बार, सबै प्रकारका सभा गोष्टि बन्द रहने जनाएको छ ।










