पछिल्लो २४ घण्टामा मकवानपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
८ असार २०७८, मंगलवार १२:२९
;

मकवानपुर । कोरोना भाइरस संक्रमणबाट मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक जना संक्रमितको मृत्यु भएको हो ।मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नंबर ३ का ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुरुषलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको र जेठ २५ गते उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो ।उनको गएराति ७ बजे उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय १८ जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*