मकवानपुरमा कोरोना खोपको ४ हजार डोज नै गायब, पहुँचवालाले लगाएको आशंका

हेटौडा न्युज
८ असार २०७८, मंगलवार १५:०७
;

मकवानपुर । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका लागि आएको ३ हजार ३ सय ३० भाइल कोरोना विरुद्धको कोभिशिल्ड खोप मध्ये ४ सय १ भाइल खोप नै हराएको छ ।

स्वास्थ्य कार्यालयले पहिलो र दोस्रो मात्रा गरी २ हजार ८ सय ८३ भाइल खोप खपत गरेको छ । पहिलो र दोश्रो डोजमा खपतको हिसाब गर्दा ४ हजार ९ सय १७ डोज स्टक रहनु पर्नेमा स्वास्थ्य कार्यालयसँग ९ भाईल अर्थात ९ सय डोज मात्रै रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले भने खोप भण्डारणमा समस्या हुँदा नष्ट भएको र केही खोप खसेर फुटेकाले तथ्याङ्क फरक परेको दाबी गरेको छ । मकवानपुरमा १४ हजार ७ सय २३ जना कोरोना विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्राको पर्खाईमा छन् भने, फ्रन्टलाइनर र लक्षित वर्गले नै दोस्रो मात्रा लगाउन पाइरहेका छैनन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*