बुधबार मकवानपुरमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
९ असार २०७८, बुधबार १७:४३
;

मकवानपुर । मकवानपुरमा बुधबार थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । बुधबार कुल २ सय १६ जनामा कोरोना परिक्षण गर्दा ६८ जनामा पुष्टि भएको हो ।

संङक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका ३३ जना, मनहरी गाउँपालिकाका १३ जना ,मकवानपुरगढी गाउँपालिकाका ४ जना, थाहा नगरपालिकाका ६ जना, बकैया गाउँपालिकाका ६ जना, कैलाश गाउँपालिकाको १ जना, भीमफेदी गाउँपालिकाको ३ जना र राक्सिराङ्ग गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या १० हजार ६ सय ११ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*