प्राकृतिक विपद् व्यवस्थापन गर्न सबै संयन्त्र परिचालन हुनेः प्रजिअ पाण्डे
मकवानपुर । नेपालमा मनसुन सुरु भएपछि देशका विभिन्न स्थानमा बाढी पहिरो र डुवानको खतरा बढेको छ । मकवानपुरमा समेत मनसुनको समयमा आईपर्ने विपद्को खतरा बढेको हो ।
जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य समिति मकवानपुरले प्रकृतिक विपद् तथा जोखिम न्युनिकरण र व्यवस्थापनको लागी तयारी अवस्थामा रहेको जनाएको छ । मकवानपुरमा पनि बर्षाको समयमा बाढी पहिरो, नदिकटान सँगै चट्टयाङ्गको जोखिम रहेकोले जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अनुरुप सम्बन्धित निकायहरु र क्षेत्रगत समिति हरुलाई सक्रिय बनाईसकेको मकवापुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डले बताए ।
उनले सम्भावित हुन सक्ने धनजनको क्षती, उद्धार र जोखिम न्युनिकरणका लागी सबै स्थानीय तहहरु, सुरक्षाकर्मी लगाएत सबैलाई तयारी अवस्थामा राखिएको बताए ।
बर्षातको समयमा हुने जोखिम न्युनिकरण र त्यसबाट हुने क्षती न्युनिकरणको लागी मकवानपुर जिल्लामा मनसुनजन्य जोखिम न्युनिकरण र कार्ययोजना २०७८ स्वीकृतभई कार्यन्ययनको चरणमा रहेको जिल्ला प्रशासन कार्यालय मकवापुरका सूचना अधिकारी देबचन्द्र गर्तौलाले बताए ।
उनले जोखिम न्युनिकरणको सन्दर्भमा सम्बन्धित निकाय, सरोकारवालाहरुलाई तयारी अवस्थामा रहन र मेसिन, इक्युपमेन्ट, र आवश्यक औजार उपकरणहरु सहित तयारी अवस्थामा रहन निर्देशन जारी गरिसकेको समेत बताए ।
मकवानपुरको उत्तरी भेगहरुमा पर्ने कैलास गाउँपालिका, राक्सिराङ्ग गाँउपालिका, थाहा नगरपालिकाका केही भागहरु र भिमफेदी गाउँपालिका र ईन्द्रुसरोवर गाउँपलिकामा पहिरोको जोखिम रहेको सुचना अधिकारी गर्तौलाले जानकारी दिए ।
यस्तै मकवानपुरगढी गाँउपालिकाका केही भागहरु तल्लो तटीय क्षेत्रहरु बकैया र बागमती गाउँपालिका, हैटौंडा उपमहानगरपालिका र मनहरी गाउँपलिकाहरुमा तल्लो तटीय क्षेत्रहमा विशेष गरेर बाढी, नदी कटान र डुबानहुन सक्ने ठाउँहरु पिहचान गरी सम्बन्धित संयन्त्रहरुलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।










