थाहा नगरको बजेट ९५ करोड ६४ लाख
मकवानपुर । थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
बिहीबार बसेको नगरसभाको बैठकमा उपमेयर खड्ग गोपालीले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षका लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
विनियोजित बजेटको खर्चमध्ये चालु खर्च तर्फ ८ करोड ५७ लाख ४५ हजार, पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्त तर्फ ३२ करोड ३१ लाख ६ हजार र सामाजिक सुरक्षा तर्फ १२ करोड खर्च अनुमान गरिएको छ ।











