मकवानपुरका सरकारी कार्यालय आइतबारदेखि सुचारु हुने

हेटौडा न्युज
१० असार २०७८, बिहीबार १७:०६
;

मकवानपुर । मकवानपुरका सबै सरकारी कार्यालयको सेवा आइतबारदेखि सुचारु हुने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी सेवा सुचारु गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

जिल्ला हाल एक हजारभन्दा बढी संख्यामा कोभिड–१९ का सक्रिय संक्रमित रहेकाले स्वास्थ सतर्कता अपनाएर सेवा प्रवाह गर्न जिल्लाका सरकारी कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिइएको प्रजिअ पाण्डेको भनाइ छ ।

प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । सेवाग्राहीको अत्याधिक भिडभाड हुने मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न निर्देशन दिईएको प्रजिअ पाण्डेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*