४० जनाले गरे रक्तदान

हेटौडा न्युज
११ असार २०७८, शुक्रबार १३:१३
;

मकवानपुर । शुक्रबार हेटौंडामा ४० जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी हेटौंडा–४ उपशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा ४० जनाले रक्तदान गरेका हुन् ।

दुर्घटनामा परेका तथा अन्य रोगलागेका बिरामीहरुलाई रगतको अभाव नहास् भन्ने भावनाले रक्तदान कार्यक्रमको आयोजना गरीएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा–४ उपशाखाका अध्यक्ष शिवहरि दाहालले बताए ।

बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको लगाएतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*