मकवानपुरमा हालसम्म कोरोनाले १ सय २३ जनाको ज्यान गयो
मकवानपुर । जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण एक सय २३ जनाको मृत्यु भएको छ ।
बिहिबार सम्मको तथ्याङक अनुसार मकवानपुरमा कोरोनाका कारण एक सय २३ जनाको मृत्यु भएको हो ।
कोरोनाकै कारण हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र मात्रै ९० जनाको मृत्यु भएको उपमहानगरका स्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिएका छन् ।
मकवानपुर जिल्लामा परीक्षण गरिएका मध्ये ११ हजार ९ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।










