बागमती प्रदेशमा हालसम्म कोरोनाबाट ३ हजार ८ सय बढीको ज्यान गयो
मकवानपुर । बागमती प्रदेशभरी हालसम्म ३ हजार ८ सय ६ जनाको मृत्यु भएको छ ।
कोरोना पोजेटिभ भएका मध्ये १ दशमलव १३ प्रतिशतको मृत्यु भएकोे छ । प्रदेशका १३ ओटै जिल्लामा हालसम्म ३ लाख ३७ हजार १ सय ३८ जनामा कारोना संङक्रमण पुष्टि भएको प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
अहिले प्रदेशमा १० हजार २ सय २ जना सक्रिय सङक्रमित रहेको मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिए ।










