सिन्धुपाल्चोक बासिन्दालाई बाढी पहिरोकै त्रास
मकवानपुर । बाढी पहीरोेका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची लगायतका बासिन्दालाई अझैपनि बाढीकै त्रासले सताईरहेको छ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची ,हेलम्बु क्षेत्रका एक हजार भन्दा बढी घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन् । नुवाकोट र रसुवाका केही गाउँपालिकाको ब्यापारिक केन्द्र चनौटे बजारमा पूर्ण रुपमा क्षति पुगेको छ । मेलम्ची बजार पनि बाढीको कारण क्षतिग्रस्त छ ।
भने घर हरु पुरिएका छन् । यहाँका स्थानीयले तत्काल तटबन्धनको ब्यवस्था मिलाईदिन प्रदेश सरकारसंग आग्रह गरेका छन् । केहीदिन अघि निरीक्षण गर्न सिन्धुपाल्चोक पुगेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई स्थानीयले आफ्नो घर बस्ती जोगाईदिन आग्रह गरेका हुन् ।
सिन्धुपाल्चोकका बासिन्दालाई राहत ,उद्दार र तटबन्धका लागि डेढ करोड बजेट छुट्याएर सिन्धुपाल्चोक पुगेका मुख्यमन्त्री पौडेलले थप क्षति हुन नदिने प्रतिबद्दता जनाएका थिए । लगातार अहीलेपनी बर्षा भईरहेका कारण सिन्धुपाल्चोकका स्थानीय बासिन्दा बाढी पहिरोकै त्रासमा बाचिरहेका छन् ।










