निषेधाज्ञा खुकुलो गर्दे एकसाता थप गर्ने तयारी

हेटौडा न्युज
१३ असार २०७८, आईतवार १७:४४
;

मकवानपुर । कोभिड–१९ का कारण मकवानपुरमा जारी निषेधाज्ञा एकसाता थपगर्ने तयारी छ ।

कोरोना संङक्रमण नियन्त्रण गर्न गत बैशाख २१ गतेबाट मकवानपुरमा जारी निषेधज्ञालाई थप गर्दे एकसाता लम्ब्याउने विषयमा छलफल भैरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी देबचन्द्र गर्तौलाले बताए । निषेधाज्ञालाई थप खुकुलो बनाउदै दिउँसो १२ बजेबाट ४ बजेसम्म हाल सञ्चालनमा रहेका व्यवसाय समेत गरी थप व्यवसायहरु सञ्चाल गर्न दिईने तयारी भैरहेको उनले बताए । सोमबार बस्ने जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थपगर्ने विषयमा निर्णय गर्ने सुचना अधिकारी गर्तोलाले बताए । यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि सोमबार राती १२ बजेबाट सकिदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*