हेटौंडा अस्पतालमा डायलेसिस सेवा सुरु

हेटौडा न्युज
१४ असार २०७८, सोमबार ११:०५
;

मकवानपुर । हेटौंडा अस्पतालमा सोमबारबाट डायलेसिस सेवा सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु भएको डायलेसिस केन्द्रको सोमबार मेयर हरिबहादुर महतले उद्घान गरेका छन् ।

हेटौंडा अस्पतालले तत्कालका लागि दैनिक ११ जना मृर्गौलाका बिरामीहरुलाई सेवा दिइने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले बताए ।

अस्पतालमा हाल ५ वटा डायलासिस मेसिन जडान गरिएको छ । भने थप मेसिन जडान गर्न विभिन्न संघ संस्था र उपमहानगरपालिकाले निरन्तर सहयोग गरीरहेको उनले बताए ।

अस्पतालमा डायलेसिस सेवा नहुँदा मृगौलाका बिरामीहरु काठमाडौं, चितवन जानपर्ने बाध्यता रहेको थियो । हेटौंडामै डायलेसिस सेवा सुरुवात भएपछि यहाँका स्थानीयहरुलाई सहज हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*