प्रधानमन्त्री ओलीद्वारा प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गरेका छन् ।
सोमबार भर्चुअल प्रविधि मार्फत प्रधानमन्त्री ओलीले प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गरेका हुन् । प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट तीन विधामा अध्यापन गराउन अनुमति पाएपछि शैक्षिक कार्यक्रम शुभारम्भ गरेको हो ।
प्रतिष्ठानले जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त आयोगबाट अनुमती प्राप्त गरीसकेको छ ।
प्रतिष्ठानले यसै बर्ष देखि ब्याचलर अफ पब्लिक हेल्थ, ब्याचलर अफ फार्मेसी, ब्याचलर अफ साइन्स इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी बिषयमा अध्ययन अध्यापनको शुरुवात गर्नेछ ।










