व्यवसायीहरुले बुझाए मेयरलाई ध्यानाकर्षणपत्र

हेटौडा न्युज
१५ असार २०७८, मंगलवार १०:५७
;

मकवानपुर । माछामासु ब्यवसायी संघ तथा नेपाल स्वरोजगार ब्यापार श्रमिक संघले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर १० बसपार्क क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाले निर्माण गरी भाडामा लगाएको सटर तथा स्टल भाडा छुटको लागि ध्यानाकर्षण गरिएको छ ।मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा माछामासु ब्यवसायी संघ तथा नेपाल स्वरोजगार ब्यापार श्रमिक संघले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

कोभिड–१९ को कारण ब्यवसाय बन्द रहेको र भाडा तिर्न समेत समस्या भएको अवस्थामा नगरको स्वामित्वमा रहेको सटर, स्टलहरुको बैशाखदेखि असारसम्मको पूर्ण छुटको माग गरिएको छ ।

कोरोनाको कारण ब्यवसायिहरु मारमा परेको भन्दै सरकारी स्वामित्वमा रहेको सटर, स्टलहरुको विषयमा गम्भिर हुनुपर्ने न्यौपानेले बताए ।

सरकारले विभिन्न राहतको प्याकेज सार्वजनिक गरिरहेको सन्र्दभमा उपमहानगरपालिकाले ब्यवसायिहरुको मर्का बुझनुपर्ने समेत न्यौपानेले बताए । नगरको अधिनमा रहेको ब्यवसायिक स्टल, सटरको छुटको सबालमा उपमहानगरपालिका सकारत्मक रहेको न्यौपानेको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*