पछिल्लो २४ घण्टामा मकवानपुरमा ४३ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१५ असार २०७८, मंगलवार १५:३६
;

मकवानपुर । पछिल्लो २४ घण्टामा मकवानपुरमा ४३ जनामा कारोना भाईरस संङक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३८ जनाको पिसिआर र ७१ जनाको एन्टिजेन गरी जम्मा एक सय ९ जनाको कोरोना परिक्षण गर्दा ४३ जनामा कोरोना संङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १० हजार ९ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा ९ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएका छन् । अहिले मवानपुरमा एक हजार एक सय ३३ जना सक्रिय संङक्रमित रहेका छन् ।

कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय २८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*