हिंसा प्रभावित महिलालाई उपमहानगरको आर्थिक सहयोग

हेटौडा न्युज
१५ असार २०७८, मंगलवार १८:१०
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका हिंसा प्रभावित महिलाहरुलाई उपमहानगरले आर्थिक सहयोग गरेको छ ।

उपमहानगरपालिका भित्रका हिंसा प्रभावित महिलाहरुलाई उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उपमहानगरका दश जना हिंसा प्रभावित महिलाहरुलाई जनही दश हजार रुपैयाँका दरले उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

सहयोग रकम हस्तान्तरण गर्दे आर्थिक अवस्था कमजोर भएका नागरिकलाई हरेक क्षेत्रबाट सहयोग गरिने मेयर महतले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*