अवैध काठ ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध काठ ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ४१ वर्षिय राजकुमार थापामगर रहेका छन् । उनलाई जिल्ला अदालत मकवानपुरले २०७० साल पुष २४ गतेको फैसलाले अबैध साल काठ ओसारपसार बिक्रि बितरण मुद्दामा एक महिना १७ दिन कैद सजाय तोकेको थियो ।
अदालतले सजाय तोकेको फरार प्रतिवादी थापामगरलाई असार १५ गते मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरी जिल्ला अदालतले तोकेको कैद भुक्तानको लागी भिमफेदी कारागार पठाईएको प्रहरीले जनाएको छ ।










