भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

हेटौडा न्युज
१६ असार २०७८, बुधबार ११:३९
;

मकवानपुर । पहिरोका कारण भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ ।

मकवानपुरमा पछिल्ला केही दिन देखी भैरहेको निरनतर वर्षाका कारण भीमफेदी गाउँपालिका वडा नम्बर —६ देउराली ,गढीमा र विभिन्न स्थानमा आएको पहिरोले बुधबार बिहानैदेखि भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएका कारण भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

हेटौंडा काठमाडौं आवतजावत गर्ने छोटो दुरीको भीमफेदी–कुलेखानी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएकाले हेटौंडा भैसे पालुङ सडकखण्डबाट सवारी साधन आवतजावत भैरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*