मकवानपुरका पहाडी भेगमा पहिरो , तल्लो तटीय क्षेत्रहरु डुवानको खतरामा
मकवानपुर । मनसुन सुरु भएपछि मकवानपुरमा निरन्तरको अविरल वर्षका कारण बाढिको पहिरोको खतरा बढेको छ ।
मकवानपुरको पहाडी भेग कैलाश गाउँपालिका, राक्सिराङ्ग गाँउपालिका, थाहा नगरपालिकाका केही भागहरु , भिमफेदी गाउँपालिका र ईन्द्रुसरोवर गाँउपालिकामा पहिरोको जोखिम बढेको हो ।
बुधबार बिहानबाट सामरी खोला र राप्ती नदीको वाहाव बढेछी मकवानपुरगढी गाँउपालिकाका केही भागहरु , तल्लो तटीय क्षेहरु बकैया र बाग्मती गाँउपालिका, हैटौंडा उपमहानगरपालिका र मनहरी गाँउपालिकाहरुमा तटीय क्षेत्रहमा बाढी, नदी कटान र डुबानहुन सक्ने खतरा बढेको हो ।
बाढी पहिरोको जोखीम भएका क्षेत्रहरु पहिचान गरी विपद् ब्यबस्थापन र न्युनिकरणका लागी सम्बन्धित संयन्त्रहरुलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।










