कोरोना रोकथाम र नियन्त्रणका लागी मुख्यमन्त्री पौडेल र स्वास्थ्य मन्त्री श्रेष्ठको छलफल

हेटौडा न्युज
१६ असार २०७८, बुधबार १२:२८
;

मकवानपुर । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार र खोपको ब्यबस्थापनको विषयमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठ बिच छलफल भएको छ ।

छलफलका क्रममा प्रदेश सरकारले कोरोना खोप खरिदका लागि २ अर्ब बजेट विनियोजन गरेको मुख्यमन्त्री पौडेलले स्वास्थ्य मन्त्री श्रेष्ठलाई जानकारी गराए ।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिकशत्र तथा प्रयोगशालाको बिषय, किटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको कार्यक्षेत्र र क्षमता विस्तार गरी बागमती प्रदेश सरकार अन्तर्गतको (मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान) को संरचनामा संचालन अनुमतिका लागि समेत मुख्यमन्त्री पौडेल र स्वास्थ्य मन्त्री श्रेष्ठ बिच छलफल भएको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*