सर्पले डसेर हेटौंडाका बोम्जनको मृत्य

हेटौडा न्युज
१६ असार २०७८, बुधबार १६:०७
;

मकवानपुर । सर्पले डसेर हेटौंडाका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जन रहेका छन् । निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका बुधबार बिहान सर्पले बोम्जनको कानमा डसेको थियो ।

सर्पको डसेपछि घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*