४० किलो गाँजासहित मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय पर्साले ४० किलो लागुूऔषधगाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर –५ का ४० वर्षीय वीरबहादुर प्रजा र २० वर्षीय सोमलाल प्रजा रहेका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी चौरीमा शंकास्पद रूपमा हिँडिरहेका अवस्थामा चेकजाँच गर्ने क्रममा तीन वटा बोरामा ४० किलो लागूऔषध गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।










