बुधबार मकवानपुरमा ६३ जना सङ्क्रमित थपिए
मकवानपुर । बुधबार मकवानपुरमा ६३ जनामा कारोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक सय १ जनाको पिसिआर र ९३ जनाको एन्टिजेन गरी जम्मा एक सय ९४ जनाको कोरोना परिक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार ४७ जनामा कोरोना पुष्टि भएकोमा ९ हजार ९ सय २९ जना सङ्क्रमणमुक्त भएका छन् ।
अहिले मवानपुरमा ९ सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय २९ जनाको मृत्यु भएको छ ।










