अपाङ्गता भएका व्यक्तिलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउछौं: मन्त्री बस्नेत
मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक तथा सामाजिकरुपमा सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
बुधबार अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामग्री वितरण गर्दै मन्त्री बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुले पनि सिप र क्षमता अनुसारको आर्थिक क्रियाकलाप गर्न सक्ने वातावरण बनाउने तथा त्यसका लागि आवश्यक कार्यक्रमहरु बजेटमा राखेको बताईन् ।
मन्त्रालयले राष्ट्रिय अपाङग कोषसँगको साझेदारीमा १० लाख रुपैयाँ बराबरको अपाङ्गता सहायता सामग्री वितरण गरेको हो । कार्यक्रमका सहभागीहरुले परिवारमा अपाङ्गता भएको व्यक्तिलाई सबलाङ्ग व्यक्तिलाई भन्दा फरक व्यवहार गर्ने गरेको तथा घरभित्रै राख्ने गर्दा पछाडि पर्ने गरेको बताए ।
कार्यक्रममा सहभागी ४९ जना विभिन्न प्रकारण अपाङ्गता भएका व्यक्तिलाई सेतो छडी, ह्वील चेयर, कृतिम खुट्टा, वाकर लगायतका सामग्रीहरु वितरण गरिएको हो ।
प्रदेशभरी एकसय जनालाई सहायता सामग्री वितरण गरिने कार्यक्रम रहेकाले अन्यलाई प्रत्येक जिल्लामै उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।










