इन्द्रसरोवर गाउँपालिकामा एक पुरुषको शव फेला
मकवानपुर । इन्द्रसरोवर गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।
इन्द्रसरोवर गाउँपालिकाको वडा नंबर ३ को छुरीगाउँका स्थानीय अन्दाजी २६ वर्षीय धनबहादुर भोम्जन (सागर) आफ्नोबाट एक किलोमिटर पूर्वमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।










