पहिरोका कारण हेटौंडा काठमाडौं सडक अवरुद्ध
मकवानपुर । पहिरोका कारण हेटौंडा बाट काठमाडौं जाने सडकहरू अवरूद्ध भएका छन ।
जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण विभिन्न सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
कान्तिलोकपथ अन्र्तगत बाटे भिमफेदी गाउँपालिका वडा नम्बर ८ गंगटेमा पहिरोका कारण सो सडक खण्ड अवरूद्ध छ ।
यस्तै भिमफेदी–कुलेखानीको सडकखण्डको गढीमा बुधबार बेलुकादेखि पहिरोका कारण सो सडक समेत अवरूद्ध रहेको उनले बताए ।
यता त्रिभुवन राजपथ अन्र्तगत कैलाश गाउँपालिका वडा नम्बर १ डाँडाखर्कमा समेत सडक भासिएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण पहिरो हटाउन पनि समस्या भैरहेको प्रहरीको भनाई छ ।










