प्रदेश सभामा ३ वटा विधेयक पेश

हेटौडा न्युज
१७ असार २०७८, बिहीबार १७:१७
;

मकवानपुर । बागमती प्रदेशसभाको बिहीबारको बैठकमा ३ विधेयक पेश भएका छन् ।

प्रदेशसभाको बिहिबार बैठकमा अर्थ तथा विकास समितिका सदस्य सांसद विजय सुवेदीले सार्वजनिक सडक तथा परिवहनसम्बन्धि समितिको प्रतिवेदनसहितको विधेयक पेश गरेका छन् ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरे ।

यस्तै प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*