प्रादेशिक कृषि थोक बजारको शिलान्यास
मकवानपुर । हेटौंडामा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको छ ।
बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो । कृषि थोक बजारको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभ¥याङमा कृषि थोक बजार निर्माणको काम सुरु भएको हो । दुइ बिगाहा ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण गर्न लागिएको छ ।
कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको हो । कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा कृषि थोक बजार निर्माण गरीने बताईएको छ ।











