५ वर्षमा समेत निमार्ण पुरा नभएको पुल बाढीले बगायो

हेटौडा न्युज
१८ असार २०७८, शुक्रबार १२:४०
;

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा निर्माणाधिन पुल गएराती सामरी खोलाको बाढीले बगाएको छ ।

बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुँदै गरेको पुल गएराती आएको बाढीले बगाएका हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र वडा नम्बर–३ जोडनका लागि सामरी खोलामा निर्माण गर्न लागिएको पुल खोलाले बगाएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताए ।

पुल विगत ५ बर्षदेखि ठेकेदारको लापरबाहीका कारण निमार्णको काम अगाडि बढन सकेको थिएन । पुलको ठेकेदारले समयमा काम पूरा नगर्दा यस क्षेत्रका स्थानीयहरुले लामो समयदेखि सास्ती खेप्नु परेको छ ।

तत्कालिन जिल्ला विकास समिति मकवानपुरले नागार्जुन शकंर माली जेबी ठेकेदार कम्पनीलाई पाँच करोड ३७ लाख ९२ हजारको लागतमा निमार्ण गर्न ठेक्का दिएको उक्त पुलमा यतिबेला ३ वटा पिल्लर बाहेक अन्य कुनैपनि कार्य अघि बढन नसकेको भन्दै स्थानीय चिन्तित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*