शुक्रबार मकवानपुरमा ६० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१८ असार २०७८, शुक्रबार १४:३१
;

मकवानपुर । शुक्रबार मकवानपुरमा ६० जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक सय १७ जनाको पिसिआर र ९१ जनाको एन्टिजेन गरी जम्मा २ सय ८ जनाको कोरोना परिक्षण गर्दा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार १ सय ७९ जनामा कोरोना पुष्टि भएकोमा १० हजार एक सय १६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ९ सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*