शुक्रबार मकवानपुरमा ९० जना कारोना सङ्क्रमण मुक्त

हेटौडा न्युज
१८ असार २०७८, शुक्रबार १४:४५
;

मकवानपुर । शुक्रबार मकवानपुरमा ९० जना कारोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

मकवानपुरमा सङक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढेको छ ।

पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९० जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार १ सय ७९ जनामा कोरोना पुष्टि भएकोमा १० हजार एक सय १६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ९ सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*