हेटौंडाबाट संघीय राजधानी प्रवेश गर्ने सबै मार्ग अवरुद्ध

हेटौडा न्युज
१९ असार २०७८, शनिबार ११:५८
;

मकवानपुर । मनसुन सुरु भएपछि अविरल वर्षाका कारण हेटौंडाबाट काठमाण्डौ प्रवेश गर्ने सबै सडक ठाउँ ठाउँमा अबरुद्ध भएको छ ।

भीमफेदी–कुलेखानी सडक, त्रिभुवनराजपथ, कान्तिलोकपथ र मुग्लीन नारायणगढ सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । संघीय राजधानी प्रवेश गर्ने चारवटै सडक अबरुद्ध भएपछी यस सडकबाट सवारीका साधन ओहोर दोहोर गर्न पाएका छैनन् ।

हेटौडा भैसे सडक खण्डमा भिमफेदी गाउँपालिका वडा नम्बर– १ बाघझोरा, भैसे भिमफेदी फाखेल र सिस्नेरी सडक खण्ड भिमफेदी गाउँपालिका वडा नम्बर–२ पान्द्राङ, भिमफेदी गाउँपालिका वडा नम्बर–६ गढी, देराली, ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर– ४ महा लक्ष्मीखोला , ईन्द्रसरोबर–२ कुलेखानी र कान्तीलोकपथ अन्तरगत भिमफेदी–८ कोगटे पिचनै बगाएको, ललितपुरको एरिया भट्टेडाडा स्थित पहिरो गएकाले सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

यता त्रीभुवन राजपथ अन्तरगत भैसे पालुङ नौबिसे सडक खण्डमा भिमफेदी गाउँपालिका वडा नम्बर–९ अघोर, थाहा जगरपालिका वडा नम्बर–६ खानीगाउँ, थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँमा सडक अबरुद्ध भएको छ । यसैगरी पूर्वपस्चिम राजमार्ग अन्तरगत मुग्लीन नारायणगढ सडक अबरुद्ध भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*