प्राकृतिक विपद् उद्धार व्यवस्थापन गर्न सबै संयन्त्र तयार छ : प्रजिअ पाण्डे

हेटौडा न्युज
१९ असार २०७८, शनिबार १२:४०
;

मकवानपुर । मनसुन सुरु भएसँगै निरन्तर वर्षका कारण मकवानपुरका विभिन्न स्थानमा पहिरो र डुवानको खतरा बढेको छ ।

अविरल बर्षाका कारण मकवानपुर हुँदै संघीय राजधानी काठमाडौं जाने राजमार्गहरु अवरुद्ध भएका छन् । भने ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरो कारण अवरुद्ध बनेका छन् ।

मकवानपुरका विभिन्न खोलाहरुमा पानिको सतह बढेपछि नदि कटान र डुवानको खतरा बढेको छ । जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य समिती मकवानपुरले बर्षाको समयमा हुनसक्ने जनधनको क्षति रोक्न र समयमा उद्धार तथा व्यवस्थापनका लागी रेस्पोन्स टिमलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको निर्णय बमोजिम नेपाली सेनाको मेजरको नेतृत्वमा ब्यवस्थापन टिम गठन गरिएका र नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि डेडिकेटेड टिम तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।

उद्धार सामग्री सहित टिम तयारी अवस्थामा राखिएको जानकारी दिदै बढी जोखिम हुनेस्थानको पहिचान गरी प्रहरी र स्थानीय जनप्रतिनिधिहरुबाट जानकारी संकलनको काम भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*