प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधार विधेयक पारित
मकवानपुर । प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक पारित भएको छ ।
प्रदेशसभाको शनिबारको बैठकमा उक्त विधेयक सर्वसम्मत रूपले पारित भएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धि अर्थ तथा विकास समिति प्रतिवेदनसहितको विधेयक पारितका लागि प्रस्तुत गरेका थिए ।










