मकवानपुरमा हालसम्म ३६ हजार ६ सय ४९ जनाले कोरोना विरुद्धको खोप लगाए

हेटौडा न्युज
१९ असार २०७८, शनिबार १५:३२
;

मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा हालसम्म ३६ हजार ६ सय ४९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

जिल्लामा हालसम्म कोरोना विरुद्धको भारतबाट ल्याईएको कोभिसिल्ड खोपको पहिलो डोज २१ हजार ८ सय ५५ जनाले लगाएका छन् ।

यस्तै कोभिसिल्डको दोस्रो डोज ८ हजार १ सय ६९ जनाले लगाएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

चिनबाट ल्याईएको कोरोना विरुद्धको भरोसेल खोपको पहिलो डोज ६ हजार ४ सय ८२ जनाले लगाएका छन् ।

भने भरोसेल खोपको दोस्रो डोज एक सय ४३ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*