कोरोनाका कारण बागमती प्रदेशमा हालसम्म ३ हजार ८ सय ६९ जनाको मृत्यु

हेटौडा न्युज
२० असार २०७८, आईतवार ११:३२
;

मकवानपुर । बागमती प्रदेशमा हाल सम्म ३ लाख ४४ हजार ७ सय ३५ जनामा कोरोना भाईरस संङक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको विवरण अनुसार हाल सम्म बागमती प्रदेशमा ३ लाख ४४ हजार ७ सय ३५ जनामा कोरोना भाईरस संङक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशभरी पिसिआर र एन्टिजेन परिक्षण विधिबाट हालसम्म २० लाख ३६ हजार ३ सय २ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर परुषोत्तमराज सेढाईले जानकारी दिए ।

प्रदेशमा हाल ८ हजार ७ सय ६७ जना सक्रिय संङक्रमित रहेका छन् । भने ३ लाख ३२ हजार ९९ जना संङक्रमण मुक्त भएका छन् ।

यस्तै कोरोनाका कारण प्रदेशमा ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*