मकवानपुरमा जारी निषेधाज्ञा थप्ने तयारी

हेटौडा न्युज
२० असार २०७८, आईतवार ११:५३
;

मकवानपुर । कोरोना भाइरस संक्रमण न्युनिकरण गर्न पछिल्लो २ महिनादेखि मकवानपुरमा निषेधाज्ञा जारी गरीएको छ ।

पछिल्लो पटक खुक्लो गर्दे थप गरिएको निषेधाज्ञा असार २१ गते राति १२ बजे सकिँदै छ । जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या नघटेको भन्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले जारी निषेधाज्ञालाई थपने तयारी गरेको हो ।

प्रशासनले जिल्लामा हाल निजि सवारी जोरविजोर प्रणालीमा संचालन र खाद्यनका पसल तथा अन्य प्रकारका पसलहरुलाई समय छुट्टाएर संचालन गर्न दिएको छ ।

प्रशासनले खाद्यन्नको पसल बिहान १० बजे सम्म र अन्य प्रकारका सबैखाले पसलहरु दिउँसो १२ बजेबाट ४ बजेसम्म संचालन गर्न अनुमति दिएको छ । तर सार्वजनिक यातायात भने सञ्चालन गर्न दिईएको छैन् ।

निषेधाज्ञा जारी राख्ने नराख्ने र सार्वजनिक यातायात खुला गर्ने÷नगर्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यलय मकवानवुरका सुचना अधिकारी देवचन्द्र गर्तौलाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*