१० किलो ७ सय ४० ग्राम लागूऔषध गाँजा सहित मोक्तान पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अटोमा लागूऔषध गाँजा ओसार पसार गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नं. ८ बस्ने २६ वर्षीय सुदिप मोक्तान रहेका छन् ।
पुर्वपश्चिम लोकमार्ग अन्र्तगत मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना २ ह ३४६८ नम्बरको अटोबाट १० किलो ७ सय ४० ग्राम लागूऔषध गाँजा सहित मोक्तानलाई मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अटो र गाँजा सहित मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










