मकवानपुरमा कोरोनाका कारण थप एक जनाको मृत्यु

हेटौडा न्युज
२१ असार २०७८, सोमबार १२:४०
;

मकवानपुर । कोरोना भाइरस संक्रमणको कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर २ का ७८ वर्षीय वृद्ध पुरुष रहेका छन् । आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा उनको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

गएको असार १७ गते कोरोना पुष्टि भएको र स्वास्थयमा समस्या भएपछि असार १८ गते उपचारको लागि उनलाई हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

यो सँगै  मकवानपुरमा कारोनाका कारण ज्यान गुमाउनेको सङख्या एक सय ३१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*