१ हजार ४ सय ९६ ट्याब्लेट लागूऔषध नाईट्रोभेट र मोटरसाईकल सहित २ जना पक्राउ

हेटौडा न्युज
२१ असार २०७८, सोमबार १३:४१
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ हजार४ सय ९६ ट्याब्लेट लागूऔषध नाईट्रोभेट र मोटरसाईकल सहित २ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला कालिका नगरपालिका वडा नम्बर १ जुटपानि बस्ने २३ वर्षीय रविन बि.क. र कालिका नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीय अर्जुन श्रेष्ठल रहेका छन् ।

उनिहरुलाई असार २० गते हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ पिपल चौतरा स्थित पुर्व पश्चिम सडक खण्डमा बारा बाट हेटौडा तर्फ आउदै गरेको बा.९५ प ७९३२ नं.को मोटरसाईकललाई चेकजाँच झोलामा लुकाई छिपाई ल्याएको १ हजार ४ सय ९६ ट्याब्लेट लागूऔषध नाईट्रोभेट फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागूऔषध र मोटरसाईकल सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*