सोमबार मकवानपुरमा ७५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२१ असार २०७८, सोमबार १४:३२
;

मकवानपुर । सोमबार मकवानपुरमा ७५ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९४ जनाको पिसिआर र १ सय ९३ जनाको एन्टिजेन गरी जम्मा २ सय ८७ जनाको परिक्षण गर्दा ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार ३ सय २६ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ३ सय ७७ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ८ सय ७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*