खोपेगल्ली सडक एकतर्फी

हेटौडा न्युज
२१ असार २०७८, सोमबार १७:३३
;

मकवानपुर । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको हेटौंडाको सक्रिय युवा अभियानको पहलमा हेटौंडा–४ मा रहेको खोपेगल्ली सोमबारबाट एकतर्फी भएको छ ।

खोपेगल्लीमा पुर्व तर्फबाट प्रवेश निषेध भएको छ । भने पश्तिम तर्फबाट मात्रै खोपेगल्ली प्रवेश गर्न पाउने व्यवस्था गरीएको हो ।

साँघुरो सडक र दायाँ बायाँ सव्जी मण्डी र अन्य पसल भएकाले मानिसहरुलाई आवतजावत कठिन हुनेगरेपछि खोपेगल्लीलाई वान वे बनाउन पहल गरीएको सक्रिय युवा अभियानमा संयोजक शशि शिवाकोटीले बताए ।

उनले खोपेगल्लीलाई एकतर्फी बनाउन ४ नम्बर वडा कार्यालय र उपमहानगरपालिका सँग समन्वय गरेर ट्राफिक प्रहरीलाई पत्राचार गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*